मकवानपुरको जङ्गलमा मानव कङ्काल फेला

हेटौँडा । जेठ ३, मकवानपुरको बकैया गाउँपालिकाको बकैया ठाकुर सामुदायिकको वनमा मानव कङ्काल फेला परेको छ ।
आइतबार बकैया–८ का स्थानीयले जङ्गलमा च्याउ खोज्ने क्रममा मानव कङ्काल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
‘घटना स्थलमा मानव खप्पर मात्र फेला परेको छ,’ प्रवक्ता रिमालले भन्नुभयो, ‘घटना स्थलमा खप्पर मात्र होकी, अरु पनि छ भन्ने सन्दर्भमा अनुसन्धान गरिनेछ ।’