भक्तपुरको चाँगुनारायणमा भेटिएको शवः खुलेन पहिचान

भक्तपुर । जेठ ४, भक्तपुरको चाँगुनारायणस्थित बालवन बालखोलामा अन्दाजी ३० वर्षका पुरुषको जेठ १ मा शव भेटियो ।
उक्त शवको पहिचान अझै खुली नसकेको बताईएको छ । शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् ।
मृतकको शरिरमा बाहिरी चोटपटक देखिएको छैन । कपडा केही मिटर खोला किनारमा प्रहरीले भेट्टाएको छ । शव पोष्टमार्टमका लागी दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ ।