आजको मौसम जानकारीः देशका अधिकांश भू–भागहरुमा वर्षाको सम्भावना

काठमाडौं । जेठ ४, राष्ट्रिय जल तथा मौसमा पूर्वानुमान महाशाखाले देशभरका मौसम प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
आज विहान दखि देशका अधिकांश भू–भागहरुमा मौसम बदली भइरहेको छ भने दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना रहेको जल तथा मौसमा पूर्वानुमान महाशाखाले बताएको छ।