आगलागीमा करीब २ लाख ३५ हजार रुपैंया बराबरको क्षति

सर्लाही । जेठ ४, बसबरिया गाउँपालिका–६, सहोडवा गाउँमा गएराती आगलागीहुदां घर र गोठ जलेर नष्ट भएको छ ।
सो आगलागीबाट रुपलालको एक तले फुसको घर तथा घर भित्र रहेको धान, गहुँ, साईकल, लत्ताकपडा, झ्यालको काठ लगायत जल्ला एकलाख ७५ हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले बताए ।
स्थानीय बासु साहको परालको टालमा राती ८ बजे लागेको आगो सल्केर छेउमै रहेको रुपलाल साहको घर र बुद्धि साहको गोठ जलेर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै बुद्धि साहको फुसको गोठ जल्दा ३५ हजार एवं २५ हजार रुपैंया बराबरको परालको टाल जलेर नष्ट भएको छ । राती साँढे ९ बजे स्थानीय, सुरक्षाकर्मी लगायतको सकृयतामा नियन्त्रणमा लिएको आगलागीबाट जम्मा दुईलाख ३५ हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले बताएको छ ।