आज तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
सहयात्रा टिभी
काठमाडौं । जेठ ४, मंगलबार कारोबारको केहि मिनेटमै तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै नेपाल फाइनान्स कम्पनी, रूरू जलविद्युत कम्पनीको र राधी विद्युत कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।
त्यसैगरी नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता ३६ रुपैयाँले बढेर ३९७ पुगेको छ भने रूरू जलविद्युतको प्रतिकित्ता ९६ ले मूल्य बढेर अन्तिम मूल्य १०६४ र राधी विद्युत कम्पनीको प्रतिकित्ता ७७ ले बढेर अन्तिम मूल्य ८५१ कायम भएको बताईएको छ । एजेन्सीहरुको साथमा ।