सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

धनगढी । जेठ ४, कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

पछिल्लो २४ घण्टामा अस्पतालमा गरिएको परीक्षण मध्य ३०३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये कैलालीमा २६६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

जसमध्ये धनगढीमा सबै भन्दा धेरै १८५ जना र कैलालीका अन्य स्थानीय तहमा ८१ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीबाहेक अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जनाए ।

 

 

 

 

 

 

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्