पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए २,६३५ जना संक्रमित
सहयात्रा टिभी
काठमाडौं । जेठ ४, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताईएको छ ।


