रेष्टुरेन्ट संचालक सहित १० जना पक्राउ

सहयात्रा टिभी

रौतहट । जेठ ४, बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका–१ स्थित सुर्य बेम्बो रेष्टुरेन्टमा तास खेलीरहेको अवस्थामा सोही रेष्टुरेन्टका संचालक सर्लाही बलरा नगरपालिका–३ बस्ने २२ वर्षीय अभिशेष मिश्र समेत १० जनालाई सोमबार साँझ पक्राउ गरेको छ ।

उनीहरुलाई नगद ३४ हजार ३ सय ६५ रुपैयाँ, ११ थान मोबाइल र ३ सेट तास सहित पक्राउ गरेको हो ।

 

 

 

 

 

 

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्