बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । जेठ ५, बाँकेमा मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्युहुनेमा दुई जना दाङका, एक जना रूकुम पश्चिमका, तीन जना बर्दियाका, दुई जना कैलालीका र नौ जना बाँकेका रहेका छन्।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए। बाँकेमा कोरोनाबाट अहिलेसम्म ४६२ जनाको मृत्यु भएको छ।


