मौसम जानकारीः कुन प्रदेशमा वर्षा हुन्छ ?

काठमाडौं । जेठ ७, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थान र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
त्यस्तै अन्य भू–भागमा सामान्यतः सफा रहनेछ भने प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।