बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्‍यु

सहयात्रा टिभी

बाँके । जेठ ७, बाँकेका बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्म विभिन्‍न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका–१० बाँकेका ७१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका–१३ की ६३ वर्षीया महिलाको बिहीबार राति १०:४५ बजे, बाकेँकै खजुरा गाउँपालिका ७ का ४८ वर्षीय पुरूषको बिहीबार राति १०:५० बजे, खजुरा गाउपालिका–३ कै ६७ वर्षीय पुरुषको बिहीबार राति ११:५५ बजे मृत्‍यु भएको बताईएको छ ।

त्यसैगरी नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत राप्तिसोनारी गाउँपालिका–३ बाँकेका ३३ वर्षीय पुरूषको बिहीबार ११:३० बजे, राप्तिसोनारी गाउँपालिका–८ बाँकेकै ५५ वर्षीया महिलाको शुक्रबार विहान ४:२५ बजे, बैजनाथपुर गाउँपलिका–६ बाँकेका २५ वर्षीय पुरुषको शुक्रबार ६:४० बजे मृत्‍यु भएको छ भने बैजनाथ गाउँपालिका–४ की ४३ वर्षीया महिलाको शुक्रबार विहान ७:३० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरीमा उपचाररत कालिमाटी गाउँपालिका–२ सल्‍यानका ३४ वर्षीय पुरूषको बिहीबार साँझ ६:३० बजे र कपुरकोट गाउँपालिका–४ सल्‍यानकै ४४ वर्षीय पुरूषको शुक्रबार विहान ४ बजे मृत्‍यु भएको छ ।

यस्तै घोडाघोडी नगरपालिका–१० कैलालीकी ४० वर्षीया महिलाको बिहीबार साँझ ७:४० बजे नेपालगञ्‍ज मेडिकल कलेजमा मृत्‍यु भएको छ भने लम्कीचुहा नगरपालिका ३ कैलालीकै ६७ वर्षीय पुरूषको बिहीबार राति ११ बजे भेरी अस्पताललमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा गुलरिया नगरपालिका–६ बर्दियाकी ५५ वर्षीया महिलाको बिहीबार राति १०:३० बजे, घोराही उपमहानगरपालिका–५ दाङकी ३५ वर्षीया महिलाको बिहीबार साँझ ५ बजे र स्वर्गद्वारी नगरपालिका–५ प्युठानकी ४० वर्षीय पुरूषको बिहीबार दिउँसो ३ बजे मृत्‍यु भएको जनाएको छ ।

 

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्