सुनको भाउ घट्यो, कतिमा भईरहेको छ त कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

यससँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्