नेपाल टेलिकमले असिमित भ्वाइस कल प्याक निःशुल्क दिने

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, नेपाल टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई निःशुल्क असिमित भ्वाइस कल प्याक उपलब्ध गराउने भएको छ ।

हालै मात्र नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्दै सेवा लिन चाहने चिकित्सकलाई गुगल फारम भर्न आग्रह गरेको बताईएको छ ।

नेपाल टेलिकमबाट यो सुविधा प्राप्त गर्नका लागि सो मोबाइल नम्बर चिकित्सक स्वयंकै नाममा हुनुपर्ने र छ भने काउन्सिलले त्यसै नम्बरलाई आधिकारीक मान्ने जनाएको छ ।

 

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्