सुनको मुल्यमा सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, आज नेपाली बजारमा सुनको मूल्य सामान्य रुपले बढेको छ ।

आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको थिए। आइबारको तुल्नमा छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज सोमबार १०० रूपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि आज बढेको छ ।

यता चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको महासङ्घले बताएको छ ।

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्