हालसम्म महोत्तरीमा ५९ को मृत्यु, पुरै गाउँ सिल

सहयात्रा टिभी

महोत्तरी । जेठ ११, स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् ।

यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेपछि सो वडालाई आज बिहानदेखि सिल गरिएको छ ।

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्