३८ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

गत चैत ९ गते सम्पन्न कम्पनीको १५ औं वार्षिक साधारणबाट पारित गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने नेप्सेका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस वापत ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजी रू १ अर्ब ३७ करोड ४५ लाख ३ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो । बिहीवारदेखि कारोबारयोग्य हुने सो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपनि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्