उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

काठमाडौँ । जेठ ११, काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप एक साताका लागि लम्बाइएको छ । कोरोना संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा लम्बाइएको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।
निषेधाज्ञाको बेला के के गर्न हुन्छ, के के गर्न पाइन्न ? जिल्ला प्रशासन कार्यालयद्वारा जारी पत्र :