देशका अधिकांश स्थानमा वर्षा

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, बंगालको खाडीमा रहेको ‘यास’ नामक चक्रवातको प्रभावका कारण नेपालका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

त्यस्तै हाल प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको दाबी छ। अपराह्नतिर देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। चक्रवातको प्रभावका कारण प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

त्यसैगरी राति भने देशका अधिकांश स्थानमा आंशिक बदली रहने तथा केही भागमा वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : 26 May, 2021

प्रतिक्रिया दिनुहोस्