तेल लिन जाने ट्याङ्करमा गाँजा भेटिएपछि

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, जितपुरसिमरा उपमहानगरपालिका पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना ४ ख २९७९ नम्बरको ट्याङकरको च्याम्बरभित्र लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ट्याङ्करका चालक महोत्तरी बर्दिवास नगरपालिका बस्ने ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका बस्ने राजकुमार दवाडी रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

प्रकाशित : 27 May, 2021

प्रतिक्रिया दिनुहोस्