आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा उपलब्ध

सहयात्रा टिभी

मकवानपुर । जेठ १६, प्रदेश राजधानी हेटौँडासहित मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका कोभिड–१९ बिरामी उपचारका लागि स्थापित हरेक आइसोलेशन सेन्टरलाई एक महिनासम्म हप्ताको दुई दिन आवश्यक पर्ने मासु र अण्डा पुनः मकवानपुर कुखुरा व्यवसायी सङ्घले उपलब्ध गराउन थालेको छ ।

त्यस्तै पहिलो चरणको कोरोना सङ्क्रमणको बेलामा पनि सबै आइसोलेशनमा एक महिनासम्म दैनिक अण्डा र हप्तामा दुई दिन मासु उपलब्ध गराएको सङ्घले दोस्रो चरणको सङ्क्रमणमा पनि सो कार्यलाई निरन्तरता दिएको हो ।

हेटौँडाका विभिन्न क्षेत्रमा होमआइसोलेशनमा बस्दै आएका कोभिड–१९ सङ्क्रमित घरबाहिर निस्कने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिले टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका छन् ।

कोभिड–१९ का बिरामी बाहिर निस्कँदा झन् कोभिड सङ्क्रमण बढ्दै जाने अवस्थालाई मध्यनजर गर्दै प्रत्येक टोलटोलमा पुगी सङ्क्रमितलाई घरमै बस्न आग्रह गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जनाए ।

 

 

 

प्रकाशित : 30 May, 2021

प्रतिक्रिया दिनुहोस्