सुनको मूल्य वृद्धि, कतिमा भईरहेको छ त कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, नेपाली बजारमा आज सुनको मूल्यमा बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ ।

यता चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले बताएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित : 30 May, 2021

प्रतिक्रिया दिनुहोस्