बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । जेठ १८, बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका–५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले बताए ।
डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।