उपचारका क्रममा बेडबाट लडेर संक्रमितको मृत्यु

धरान । जेठ १८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा एक संक्रमित महिलाको बेडबाट लडेर सिरहा, गोलबजारकी ५५ बर्षीया संक्रमित महिलाको सोमबार राति मृत्यु भएको छ ।
मृतकको परिवारले शव बुझ्न मानेका छैनन् । मृतक महिलाको ज्वाँई धननारायण श्रेष्ठले अस्पतालले सोमबार साँझ ७ बजे कोभिड युनिटमा उपचारका क्रममा बेडबाट लगेर मृत्यु भएको जानकारी गराएको बताए ।तर उनले उपचारमा रहेको बेडबाट लडेर अस्पतालमै कसैको मृत्यु हुनुलाई समान्यरुपमा लिन नसकिने बताए ।
ज्पाँई श्रेष्ठका अनुसार सोमबार दिउँसो २ बजे काउन्सेलिङको क्रममा डाक्टरहरुले आमा बेडबाट लडेको जानकारी गराएको थिए । फेरि सोढ ३ बजे तिर नर्सले पुनः काउन्सेलिङमा लडेर नाक र निधार फुटेकोले आइसले सेकिरहेको भन्दै जानकारी दिएका थिए ।
अस्पताल प्रशासनले राती करिब साढे ७ बजेतिर अस्पतालले आमाको मृत्यु भएको परिवारलाई जानकारी उनले बताए ।
मृतकलाई सुगर बढेपछि परिवारजनले जनकपुर अस्पताल लगेका थिए । त्यहाँबाट वीपी रिफर भएपछि धरान ल्याएका थिए भने दुई दिन इर्मजेन्सीमा राखेपछि पिसिआर गर्दा पोजेटिभ रिपोर्ट आएको र कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै जनकपुरमा कोभिड परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छोराको भनाई रहेको छ । कोभिड अस्पतलामा भर्ना हुँदा पनि आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको भनाई छ ।
प्रतिष्ठानको कोरोना अस्पतालको फोकल पर्सन डा. विकास शाहले घटनाको बारेमा बुझ्ने काम भइरहेको बताए । रातको समयको घटना भएकाले आफूलाई पुरै जानकारी नभएकाले अहिले बुझन काम भईरहेको भन्दै उनले घटनाबारेमा थप खोल्न चाहेनन् ।