बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

बाँके । जेठ १८, बाँकेका सोमबार ५ः३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

फाइल तस्वीर

भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५: ३० बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका–२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्‍यु भएको हो ।

त्यस्तैगरी टीकापुर नगरपालिका–८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्‍यु भएको छ ।

कोरोना संक्रमणबाट योसँगै बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

 

प्रकाशित : 1 June, 2021

प्रतिक्रिया दिनुहोस्