यस्तो छ आजको सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ ।

हिजो सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।

यता, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३६० कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्