कपाल लामो र स्वस्थ्य बनाउने घरेलु उपाय

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, कपाल लामो भएको कसलाई मन पर्दैन र १ सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । यसका लागि विभिन्न रसायन मिसाइएका सौन्दर्य प्रशाधन प्रयोग गरिन्छन् । रसायनका कारण कपाल बिग्रने गर्छ ।

कपाल लामो बनाउने घरेलु उपायहरु :

१. कपालको लागि ताजा आलुको रस तयार पार्नुभन्दा आलुको बोक्रा तासेपछि आलुलाई मसिनो टुक्रामा काटी ब्लेन्डरमा मिक्स गर्नुपर्छ । यसरी तयार भएको पेस्ट अलि बाक्लो भयो भने त्यसमा पानी पनि मिसाउन सकिन्छ । आलुको रस र आलुको टुक्रालाई छुट्याउन मलमलको कपडामा राखेर छान्नुपर्छ । यसरी छानेर आएको रसलाई कपालमा लगाउन सकिन्छ । कपाल लामो बनाउन यो प्रक्रियालाई सातामा एक पटक गर्नु आवश्यक हुन्छ ।

२. प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले कपाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ । कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयर प्याक प्रयोग गर्न सकिन्छ । प्याजको रस निचोरेर टाउकामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिनु पर्छ । त्यसपछि स्याम्पूले राम्ररी कपाल सफा गर्नुपर्छ ।

३. अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेका लागि प्याज र अण्डाबाट बनेको हेयर प्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर सेम्पू लगाएर सफा गर्नुपर्छ । प्याजको रसबाट बनेको हेयर प्याकको प्रयोगले कपाल लामो र चमकदार हुन्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ । कपाल झर्न रोक्नका लागि एक पटकमा एउटा उपायको मात्र प्रयोग गर्नुपर्छ ।

 

 

 

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्