पहेलो दाँतको समस्याबाट यसरी पाउनुहोस छुटकारा

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, दाँत पहेलो भएको छ वा मुखबाट श्वास गन्हाउँछ भने एउटा उपाय तपाईका लागि रामबाण हुनसक्छ ।

दाँतलाई सफा गर्ने घरेलु उपाय छन् जसले दाँतलाई सेतो बनाएर चम्काउछ र दाँतलाई कुनै नोक्सानी पनी पुगाउँदैन्।

–कागतीको आधा भाग निचोरेको टुक्रामा चार बूँद तोरीको तेल, थोरै नून र हिल्दी हालेर दाँत माझ्नुस् । पहेलो दाँतलाई चम्किनेगरी सेतो बनाउनेछ ।

–कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् । यसका थोरै खाने सोडा र नून मिसाएर दाँत माझ्नुस् । दाँत चम्किन थाल्नेछ । सफा राख्नेछ । दाँतको सामान्य रोग समेत ठिक हुनेछ ।

–कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् र माझ्नुस् । यसबाट दाँत सफा हुनेछ र श्वास गन्हाउने समस्या पनी दुर हुनेछ ।

–कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् । यसमा फिटकरी (ढिके नून) पिसेर मिलाउनुस् । त्यसपछि नित्य दाँत माझ्दा दाँत चमकदार हुन्छ र दुखाई कम गर्छ ।

–कागतीको रसमा ब्रुस डुबाएर माझ्दा दाँत चम्किन थाल्छ ।

–नून, तोरीको तेल र कागतीको रस मिलाएर माझ्दा दाँत बोलियो हुन्छ । प्रायः दाँतमा राख्ने सबै रोगबाट बचाउँछ । निचोरेको कागतीको साना सना टुक्रा बनाएर दाँत सफा गर्दा दाँत चम्किन थाल्छ ।

 

प्रकाशित : 6 June, 2021

प्रतिक्रिया दिनुहोस्