धन लाभ हुने यस्तो सङ्केत

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ ।

केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।

यस्ता छन् धन लाभ हुने संकेतहरु:

-विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

-त्यस्तै यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

-जो व्यक्ति सपनामा मोती, गगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ ।

-सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ ।

-सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

-मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

-त्यस्तै यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

-विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् ।

 

 

प्रकाशित : 6 June, 2021

प्रतिक्रिया दिनुहोस्