डेनमार्कद्धारा नेपाललाई १४ लाख डोज खोप अनुदान

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले बताए ।

त्यस्तै नेपाललाई हालसम्म चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने भारतले ११ लाख (भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख समेत) खोप उपलब्ध गराएको छ । कोभ्यास कार्यक्रमार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ ।

पछिल्लो पटक अमेरिकाले पनि कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ । एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 6 June, 2021

प्रतिक्रिया दिनुहोस्