बुटवलमा थप २ जना संक्रमितको मृत्यु

बुवटल । जेठ २३, बुवटलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको कञ्चन गाउँपालिका ३ का ३४ वर्षीय महिला रहेकी छन् भने अर्घाखाँचीका छत्रदेव ७ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।