कोरोना अपडेट: संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

काठमाडौं । जेठ २३, आज(आइतबार) कोरोना संक्रमितभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ।
पछिल्लो २४ घण्टामा कुल ३ हजार ४७९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमार्फत ३ हजार २४ र एन्टिजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण देखिएको हो।
यसै अवधिमा ६ हजार ६३६ जना कोरोनाबाट मुक्त भएका छन् भने ९९ जनाको कोरोनाबाट मृत्यु भएको छ।
त्यसैगरी हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ।