कस्तो छ त आजको मौसम ?

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशमा देशमा पश्चिमी, पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

त्यस्तै हाल देशका केहि पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने अन्य स्थानहरू सामान्यतया सफा रहेको महाशाखाले बताएको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ भने भने, देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, आज राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्