अब ग्राहकलाई टेलिउपचारको सेवामा १० प्रतिशत छुटः कुमारी बैंक

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, कुमारी बैंक तथा टेलिउपचार डटकमका बीचमा ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ । सो सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बताईएको छ ।

कुमारी बैंकको आधिकारिक एप “कुमारी स्मार्ट” वा कुमारी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिनेछ ।

टेलिउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ ।

टेलिउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ ।

बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्