श्रीमानका यस्ता ५ हर्कत जसले श्रीमतीलाई रिसले चुर बनाउँदछ

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, मानिस सामाजिक प्राणी भएको केहि समय पछि नै बैवाहिक व्यवस्था कायम भएको हो । यसलाई धेरैले दैविक मान्ने गर्छन् तर बिवाह उपहार मात्रै पनि होइन, बिवाह एक सम्झौता पनि हो ।

बिवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा–युवतीले पति–पत्नीको रुपमा एकअर्कालाई आत्मसात गर्नुपर्छ । बिवाहपछि हरेक पति चाहन्छन्, एक पर्फेक्ट पति बन्न सकौं ।

तर, जानेर वा नजानेर केहि यस्ता गल्ती हुन्छन्, जसले पत्नीको अगाडि खराब छवि बनाउन पुग्छन् । त्यस्ता के कारण हुनसक्छ ?

कुरा शेयर नगर्ने बानी-यदि तपाईले आफ्नो पत्नीसँग कुनैपनि कुरा शेयर गर्ने गर्नुहुन्न भने, त्यो गलत हो । आफ्नो हरेक कुरा पत्नीलाई शेयर गर्नुपर्छ । यसले शंका–उपशंकाको अवस्था आउन दिदैन ।

आफ्नै मर्जी अनुसार सबै काम गर्ने-पारिवारिक जीवनमा कुनैपनि काम आपसी सल्लाह, सुझावको आधारमा तय गरिनुपर्छ । तर, कतिपय पति जुनसुकै काम आफ्नो निर्णयमा गर्छन् । अरुको सल्लाह उचित ठान्दैनन् । पतिको यस्तो व्यवहारले पनि पत्नीको मनमा बिचलन ल्याउँछ । सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ ।

पत्नीलाई अरुसँग तुलना गर्नु-मानिसको आ–आफ्नै जन्मजात स्वभाव हुन्छ । त्यसैले संसारका कोहि मान्छे, कसैसँग तुलना हुनै सक्दैन । सबै मानिसहरु कुनै न कुनै कुरामा अरु भन्दा अब्बल हुन्छन् भने धेरै कुरामा अरु भन्दा कम हुन्छन् । कुनै पनि मानिसको कुन पाटो हेर्ने भन्ने आफ्नो कुरा हो । यदि तपाईले कसैको राम्रो कुरा हेर्नु हुन्छ र प्रोत्साहन गर्नु हुन्छ भने त्यो मानिस त्यो पक्षमा झन् बलियो र  सिपालु हुदै जान्छ तर, कति पतिले आफ्नी पत्निलाई अरुसँग तुलना गरेर उनीहरुलाई कमजोर तुल्याइरहेका हुन्छन् ।

आदेश दिने-आफु सोफामा बसेर पत्नीमाथि आदेश लाद्ने पति पनि ठीक होइनन् । पत्नीलाई काम अह्राएर बस्ने, गुनासो गर्ने पतिले बिस्तारै पत्नीको माया र विश्वास गुमाउनु पर्छ । भनाइ पनि छ, पति पत्नी एक रथका दुई पाङ्ग्रा हुन् । उनीहरुको गति समान र एकै दिशामा भयो भने मात्रै घर गृहस्थी चल्छ । यदि त्यसो भएन भने दुर्घटना हुन्छ, रथ भत्किन्छ । रथ भत्किनुको अर्थ घर गृहस्थी भत्किनु हो ।

साथीसंगत भन्दै कुदि राख्ने-पतिको यो व्यवहारले पत्नीलाई धेरै नै तनाव दिने गर्छ । उनीहरु मान्छन् कि पतिले चाहिने भन्दा बढि आफ्नो साथी र संगतसँग समय बिताउँछ । उनीहरु पतिको यो व्यवहारले आफु घरमा खटिनु परेको र आफ्नो समय खोसिएको महसुस गर्छन् । यसैले पतिले यो बारेमा पनि ध्यान दिनु पर्छ ।

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्