कारोनाका कारण विदेशमा १३ नेपालीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, कारोनाका कारण दुई साताको अवधिमा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएका छन् भने समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् ।

 

 

 

 

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्