काठमाडौँमा आजदेखि जेष्ठ नागरिकलाई खोप लगाइँदै, यी हुन् ३२ खोप केन्द्र

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका सबै ३२ वटै वडामा आजदेखि जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदैछ ।
चीनबाट अनुदान प्राप्त ‘भेरोसेल’ खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यस्तै, विभिन्न जिल्लामा भने अन्य उमेर समूहकालाई पनि खोप दिइँदै छ ।
काठमाडौँ उपत्यकाको हकमा भने ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ । महानगरपालिकाले खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ ।
कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।
यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।
हेर्नुहोस् खोप केन्द्रको सूची :