जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

इलाम । जेठ २५, जङ्गली च्याउ खाएर इलाममा दुईजनाको मृत्यु गएको छ।
गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० वर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ वर्षीय जित बहादुर राईको उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो भने इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई उनकी श्रीमती ३२ वर्षीया बिष्णु कुमारी राई समेत बिरामी भई बिएण्डसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।