निषेधाज्ञा उल्लघंन गरे बापत भाटभटेनीलाई ४ लाख जरिवाना

काठमाडौं । जेठ २५, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश दिएका छन् ।
सोमबार दिउँसो काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुग्दा निषेधाज्ञाको उल्लंघन गर्दै सामान बिक्री गरेको पाएको थियो ।
प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो भने उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको डीएसपी दक्षकुमार बस्नेतले बताए ।