तीन दिनको मौसम पूर्वानुमान

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यसैगरी महाशाखाले बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमान गरेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहन सक्ने पूर्वानुमानमा उल्लेख छ भने देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

 

प्रकाशित : 9 June, 2021

प्रतिक्रिया दिनुहोस्