बाँकेमा थप ३ जना संक्रमितको मृत्यु

बाँके । जेठ २६, बाँकेमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–६ की ४० वर्षीय महिलाको मंगलबार साँझ ५ बजेर २० मिनेटमा र बर्दियाको राजापुर नगरपालिका–७ की ८० वर्षीय महिलाको बुधबार बिहान ४ बजे उपचारका क्रममा भेरी अस्पतालमा र प्युठान नगरपालिका–६ का ७२ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ ।