सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, नेपाली बजारमा बिहीवार सुनको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छ भने बुधवार तेजाबी सुन प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला १ हजार ३ ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

प्रकाशित : 10 June, 2021

प्रतिक्रिया दिनुहोस्