यी हुन कोरोना सहित पशुपन्छीबाट मानिसमा सर्ने १० रोगहरु (सूची सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राथमिकीकरणमा राखेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताए ।

पशुपन्छीबाट मानिसमा सर्ने रोगहरु:

-इन्फ्लुएन्जा जुनोटिक इन्फ्लुएन्जा
-सिजनल इन्फ्लुएन्जा
-रेबिज
-कोरोना भाइरस
-लेप्टोस्पाइरोसिस
-बु्रसेलोसिस
-सालमोनेलोसिस
-लेस्मिनियासिस
-जुनोटिक क्षयरोग
-सिस्टिमर्कोसिस/हाईडाट्रिडोसि
-टोक्जोप्लास्मोसिस

प्रकाशित : 11 June, 2021

प्रतिक्रिया दिनुहोस्