पाल्पामा थप दुई जना संक्रमितको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

फाइल तस्वीर

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार उनीहरूको आइतबार लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यस्तै मृत्यु हुनेमा रामपुर नगरपालिका–५ का ४६ वर्षीय पुरुष छन् भने रैनादेवी छहरा गाउँपालिका–४, छहराका ४१ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ।

योसँगै पाल्पामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

जिल्लामा ८ सय सक्रिय संक्रमित छन् भने तीमध्ये ५५ जना अस्पताल र स्थानीय तहका आइसोलेसनमा छन् भने ७ सय ४५ जना होम आइसोलेसनमै बसेका छन् ।

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्