भ्याक्सिन लगाएका कुखुरा नै त्यही रोगबाट मर्न थालेपछि…

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, रानीखेतलगायत रोगविरुद्ध खोप लगाएका कुखुराहरु सोहि रोगबाट मर्न थालेपछि यसबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरुले थप अनुसन्धान सुरु गरेका छन्।

त्यसैगरी पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले पनि यसबारे थप अनुसन्धान गरिरहेको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले बताए ।

रानीखेतविरुद्धको भ्याक्सिन नेपालमा पनि उत्पादन हुँदै आएको छ । एफ वान, लासोटा र आर दु बी भ्याक्सिनको प्रभावकारिताबारे समेत विज्ञहरुले अनुसन्धान सुरु गरेका छन् ।

हल लोकल कुखुरा, हाँस, गिरिराज लगायत कुखुराहरुमा बढी समस्या देखिएको र आवश्यक अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विज्ञहरुसँग पनि परामर्शका लागि स्वाब विदेश पढाउने तयारी भएको प्रवक्ता ढकालको भनाइ रहेको छ ।

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्