बाँकेमा थप पाँचजना संक्रमितको मृत्यु

सहयात्रा टिभी

बाँके । जेठ ३०, बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एक/एकजना गरी कुल ५ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन्।

त्यस्तै मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–८ का ५५ वर्षीय पुरुष, बर्दियाको राजापुर नगरपालिका–१ की ४९ वर्षीया महिला, सल्यानको कालिमाटी गाउँपालिका–२ का ४६ पुरुष, दाङको लमही नगरपालिका–१ की ३२ महिला र बाँकेको बैजनाथ गाउँपालिका–५ का ६७ पुरुष रहेका छन् ।

 

 

 

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्