पछिल्लो २४ घण्टामा थप २,४०७ जना संक्रमित, मर्नेको सख्या ४६

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने थप ३ हजार ९९४ ले कोरोनालाई जितेका छन् ।

 

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्