अब उपत्यकामा ४ बजेबाट हार्डवेयर पसल खोल्न पाउने

काठमाडौं । जेठ ३०, उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर पसल खोल्न दिने भएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय सँगै हार्डवेयर पसल खोल्न दिने निर्णय गरेका हुन् ।
होटल रेष्टुरेण्टको टेक अवे सेवा बिहान ७ बजेबाट खुल्ला गर्ने निर्णय गरिएको छ भने बिहान ११ बजेसम्म किराना, डिपार्टमेन्ट स्टोर र पुस्तक पसल खोल्न दिने निर्णय गरिएको प्रजिअ पराजुलीले बताए ।