अब ट्याङ्कर चालकलाई पनि कोरोना खोप दिने

काठमाडौं । असार १, नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा खोपको सहमति भएको हो।
उनका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ।