नक्कली पास लिएर हिँड्ने ४ जना पक्राउ

सहयात्रा टिभी

रूपन्देही । असार ७, रूपन्देहीमा निषेधाज्ञामा नक्कली पास बनाएर हिँड्ने ४ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा गुल्मी धुर्कोट नगरपालिका–७ स्थाई घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने २७ वर्षिय बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका–११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका –७ का २७ वर्षिय विपिन काफ्ले रहेका छन् ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ जनही पचास हजार जरिमाना तिराएको छ।

यस्तैगरी बुटवल उपमहानगरपालिका–१२ का ३९ वर्षिय मनोज गैरेलाई नियन्त्रणमा लिई ५ हजार जरिवाना लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य थापाले बताए ।

नक्कली पास बनाई बेच्ने र सो कार्य गर्न सहयोग गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेकोले उनीहरुलाई सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम सजाय तथा जरिवाना गरिएको हो ।

एजेन्सी

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्