थप २ हजार चार सय बढीमा कोरोना संक्रमित, ८१ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार ९, नेपालमा २४ घण्टामा थप २ हजार चार सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ ।

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्